वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किष्ट बैंकका पूर्व प्रबन्ध सञ्चालक ज्ञवालीलाई अदालतको ३० दिने म्याद

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौँ । केही समयदेखि फरार रहेका किष्ट बैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाई ३० दिनभित्र हाजिर हुन अदालतले आदेश दिएको छ । पुनरावेदन अदालत पाटनले आइतबार ज्ञवालीसहित सोही मुद्धामा जोडिएर फरार रहेका अन्य १५ जनाका नाममा ३० दिने म्याद जारी गरी अदालतमा हाजिर हुन आदेश दिएको हो ।

कमसल धितोमा जम्को प्रकाशन केही समयदेखि फरार रहेका किष्ट बैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई १४ करोड ऋण दिलाएको भन्दै राष्ट्र बैंकले अनुसन्धान थाले लगत्तै फरार भएका ज्ञवाली अझै फरार नै छन् ।

ज्ञवालीको निर्देशनमा कर्जा फाइलमा हस्तार गर्ने बैंकका नायव महाप्रबन्धक बिएन घर्ती लगायत भने अहिले थुनामा छन् । मदनबहादुर बस्नेत प्रतिवादी रहेको बैंकिङ कसुरको मुद्धामा अदालतले जेठ १४ गते नै ज्ञवालीसहितका अन्य १५ जनालाई एक महिनाभित्र झिकाउन आदेश गरेको थियो ।

आदेशअनुसार आइतबार उनीहरुका नाममा पत्र काटिएको छ । अदालतले ज्ञवाली, कालिप्रसाद शर्मा, शोभा गिरी, कमल सिटौला, तुलसीप्रसाद खनाल, संजयमुर्ती कोइराला, सीता खरेल, बालकुमार पाण्डे, श्यामसुन्दर ढकाल, मधुसुदन शर्मा, रेणुप्रसाद पाण्डे, वामदेव नेपाल, सुनयन शाक्य, नविन राई र मेरु जोशीलाई ३० दिने म्याद सूचना जारि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ