वि.सं. २०८१ कार्तिक ७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनीलाई कारवाही

अर्थटुडे
२०८१ कार्तिक ७, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था पालना नगरेको भन्दै बैंक तथा फाइनान्सका सञ्चालक र सीईओमाथि कारबाही गरेको हो ।

कारवाहीमा पर्ने विकास बैंकहरुमा सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीमा जानकी, गोर्खाज र प्रोग्रेसिभ छन् । यी वित्तीय संस्थाहरुका सञ्चालक र सीईओलाई प्रथम पटक सचेत गराइएको छ ।

यसैगरी रिलायन्स फाइनान्सले भने अनिवार्य नगद मौज्दात कायम नगरेकाले ११ हजार २२७ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ