वि.सं. २०८१ कार्तिक ७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकहरुको नाफा २१.६३ % ले बढ्यो

अर्थटुडे
२०८१ कार्तिक ७, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन‐असोज) मा बाणिज्य बैंकहरुको नाफा २१ दशमलव ६३ प्रतिशतले बृद्धि भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैयाँ नाफा गरेका बैंकहरुले चालु आवमा भने १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

असोज मसान्तसम्म धेरै नाफा कमाउने पहिलो स्थानमा नबिल बैंक रहेको छ । बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको नाफा गत आवको तुलनामा ३९.९७ प्रतिशतले बढेको छ ।

यसैगरी ग्लोबल आइएमई बैंकले पनि १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो ।
यसैगरी अन्य आधा दर्जन बैंकहरुको नाफा अर्बमाथी छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब ४६ करोड ४० लाख, प्राइमको १ अर्ब २८ करोड ६७ लाख, एनएमबिको १ अर्ब १४ करोड ५६ लाख, एभरेष्टको १ अर्ब १२ करोड ७७ लाख, कुमारीको १ अर्ब ७ करोड ८१ लाख र प्रभुको १ अर्ब ४ करोड ६ लाख नाफा गरेको हो ।

यस्तै स्टयान्डर्ड चार्टर्डले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख, लक्ष्मी सनराइजले ५३ करोड ६३ लाख खुद नाफा गरेका छन् । माछापुच्छ्रेको ५० करोड ३२ लाख, सानिमाको ३९ करोड ९५ लाख, सिद्धार्थको ३८ करोड २० लाख, सिटिजन्सको २४ करोड ६ लाख, कृषि विकास बैंकको १९ करोड ९ लाख २३ हजार, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड १३ लाख २ हजार, एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ नाफा गरेका छन् ।

असोजमा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सानिमा, माछापुच्छ्रे, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको बैंकहरुले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ