काठमाडौं । स्ट्यान्र्डर्ड चाटर्ड बैंकले आर्थिक वर्ष २०७० ०७१ मा १ अर्व ३७ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्व २१ करोड नाफा गरेको थियो ।
बैंकले शुक्रबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २०७१ असारसम्ममा ४६ अर्व २९ करोड निक्षेप संकलन गरी २६ अर्व २३ करोड कर्जा लगानी गरेको छ ।
बैंकको खराव कर्जा १ प्रतिशत भन्दा कम रहेको छ । स्प्रेडदर ७.०९ प्रतिशत र वेस रेट ५.१८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया