काठमाडौ । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् । भ्रष्टाचारको आरोप लागेका सिलवाललाई आइतबार विशेष अदालतले सफाइ दिएको हो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको हो । उनीहरुले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेका छन् ।
गत मंसिर २४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । सोही मुद्धामा आइतबार फैसला भएको हो । सिलवालमाथि जन्ममितिको विवरण सच्याएका भन्ने आरोपबाट पनि सफाइ मिलेको छ ।
प्रतिक्रिया