काठमाडौं । पर्यटनमन्त्री भीम आचार्यले नेपाल वायु सेवा निगमप्रति सरकारले गर्व गर्ने स्थान नरहेको बताएका छन् । प्रत्येक वर्ष जहाज थपेको भए ५६ वटा जहाज पुग्ने बेलामा निगम जहाजविहिन अवस्थामा पुग्नु लाजमर्दो कुरा भएको बताएका हुन् ।
मंगलबार राजधानीमा आयोजित वायुसेवा निगमको ५६ औं वाषिर्कोत्सव समारोहमा बोल्दै मन्त्री आचार्यले निगमको जहाजमा कुनै न कुनै समस्या देखिरहने र कहिल्यै पनि राम्रो नहुने भएकोले यस्तो अवस्थाबाट निगम अगाडी बढ्न नसक्ने बताए । उनले वायुसेवा निगममा देखिएको गैरजिम्मेवार प्रवृत्तिलाई तत्कालै निर्ममताका साथ बदल्न ठूलो आवश्यकता रहेको बताए ।
केही सममा अन्तर्राष्ट्रिय उडानमा पनि निजी क्षेत्रसँग प्रतिस्पर्धामा गर्नुपर्ने वाध्यत्मक स्थिति आउन सक्छ मन्त्री आचार्यले भने त्यसतर्फ बेलैमा सचेत हुनुहोस् ।
निजी क्षेत्रस‘ग प्रतिस्पर्धामा उत्रिन जहाजहरु प्रयाप्त चाहिन्छ, निगमलाई अझै थप २ वटा न्यारो बडी र २ वटा वाइड बोडी जहाज आवश्यक छ’ पर्यटन तथा नागरिक उड्डयन मन्त्री आचार्यले भने ।
दुई महिनादेखि जहाज खरिद गर्ने निर्णय सञ्चालक समितिबाट गर्न आफूहरुले आग्रह गरेपनि निगमले अटेर गरेको उनको गुनासो थियो ।
उनले आन्तरिक उडान भर्ने ६ वटा एमए(६० जहाज खरिद गर्नका लागि पनि आवश्यक प्रकृया अगाडी बढाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया