वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चमेलियाको ठेकेदारलाई भेरिएसन रकम उपलव्ध नगराउन समितिको निर्देशन

अर्थटुडे
२०७१ असार १७, मंगलवार

काठमाडौं । सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनामा ठेकेदारले माग गरेको ‘भेरिएसन’बापतको रकम तत्काल उपलब्ध नगराउन सरकारलाई निर्देशन  दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले भेरिएसनबापतको रकम ठेकेदारलाई अर्को निर्देशन नभएसम्मका लागि भुक्तानी नगर्न निर्देशन दिएको हो । आयोजना निर्माण, विद्युत् खरिदलगायतका विषयमा भएको छलफलपछि समितिले सरकारलाई उक्त निर्देशन दिएको हो ।

बैठकमा ऊर्जामन्त्री राधा ज्ञवालीसहित मन्त्रालयका प्रतिनिधिले विद्युत् नीति, विद्युत् खरिद प्रक्रिया र अनुमतिपत्र वितरणसम्बन्धी नीति बनाउने काममा समितिको सहयोगको अपेक्षा गरिएको धारणा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ