वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपतिको चेतावनी: सहकारीको बिग्रदो अवस्थाबारे बेलैमा सचेत हुनुपर्छ, नत्र भयावह अवस्था आउन सक्छ

अर्थटुडे
२०७१ असार १७, मंगलवार

काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले सहकारीको विग्रदो अवस्थाबारे बेलैमा सचेत हुनुपर्ने बताएका छन् । वित्तीय कारोबार गर्ने केही संस्थाहरु सहकारी मूल्य मान्यतालाई विर्सिएर चलिरेहका बताउदै उनले यसलाई सिस्टममा चलाउन बेलैमा नियमन गर्नुपर्ने आवश्यक्ता औल्याए ।

Dr._Ram_Baran_Yadavमंगलबार राष्ट्रिय सहकारी संघको पुल्चोकमा निर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति यादवले सहकारीसमन्धि जाचबुझ आयोगले बुझाएको सुझाव अनुसार छिटो सुधारका कार्यक्रम सुरु गर्न आग्रह गरे ।

“जाचबुझ आयोगले दिएका सुझाव अनुसार सहकारीको सुधार थाल्नुपर्छ” उनले भने, “नत्र सहकारीको अवस्था झन् विग्रदै जान्छ ।” वित्तिय सहकारीको प्रभावकारी नियमन र समयानुकुल कानुनमा सुधार गर्नुपर्ने उनको भनाई थियो ।

सोही कार्यक्रममा उदार अर्थनीति निजी क्षेत्रको विकासका लागि मात्र आएको हो भन्ने भ्रम फैलीएको भन्दै अर्थमन्त्री डा. रामशरण महतले देशको आर्थिक विकासका लागि सबै क्षेत्रको उत्तिकै महत्व हुने उल्लेख गरे ।

कृषि उत्पादन र वितरणको क्षेत्रमा अवका दिनमा सहकारीले काम गर्नुपर्ने र त्यसमा ठूलो सम्भावना रहेको उनले बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, शंकर कोइराला, मुख्यसचिव लिलामणी पौडेलले देशको सामाजिक आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डले जग्गा दिएपछि संघले सरकार र सहकारी संघसस्थाको सहयोगमा भवन निर्माण गरेको हो । यसका लागि ५ करोड खर्च भइसकेको र अझै १ करोड खर्च लाग्ने अध्यक्ष केशव बडालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ