वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा अनौठो दृष्य, दुई पटक ओरालो लागेर सर्किट ब्रेकर लागेको बजार ४० अंकले बढेर बन्द भयो

अर्थटुडे
२०७३ मंसिर १३, सोमबार

काठमाडौं । सोमबार सेयर बजारमा अनौठो दृष्य देखियो । कारोबार सुरु भएको केही घण्टामा नै दुईपटक ओरालो लागेर सर्किट बे्रकर भएको बजार दुई बजेपछि विस्तारै उकालो लाग्न थाल्यो । अन्ततः ४० .६८ अंकले बढेर १५१० मा अडियो । ब्रोकर कम्पनीहरु, लगानीकर्ताहरु र नियामक निकाय धितोपत्र बोर्डसमेत सोमबारको दृष्य अनौठो भएको बताइरहेका छन् ।
कारोबार सुरु भएको १ घण्टा भित्रै सेयर बजार ३ प्रतिशतले घटेको थियो । त्यसको अर्को १ घन्टामा फेरि बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेकर लागेको थियो । घटेर १४०५ अंकको हाराहारीमा आएको बजारले दिउँसो डेड बजेपछि युटर्न लिएको थियो ।
सुरुमा बिक्रीको चाप अधिक भएको बजारमा पछिल्लो समय खरिदकर्ताको चाप परेको थियो । त्यसले गर्दा बजार निरन्तर उकालो लाग्यो । आइतबार बजार तल झर्दा लगानीकर्ताहरु अत्तालिएकोले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले बजार घट्नुपर्ने कुनै कारण नभएको दावी गरीरहेका थिए । उनीहरुले लगानीकर्ताहरुलाई बारम्बार संहालिन अनुरोध गरिरहेका थिए ।

सोमबार उत्पादनबाहेक सबै समुह हरिया भएका छन् । यस दिन बैंकिङ ५०.७९, होटल ७५.७४, विकास बैंक २४.५७, जलविद्युत ४५.७७, फाइनान्स १३.४६, इन्सुरेन्स १३४.९ र अन्य समुह ८.६७ अंकले बढेका छन् । उत्पादन समुह भने १२.१४ अंकले घटेको छ । यस दिन कारोबार रकम पनि बढेर १ अर्ब ९ करोड ५४ लाख पुगेको छ ।
यस दिन उच्च कारोबार हुने कम्पनीमा एभरेस्ट बैंक नै परेको छ । यस बैंकको निरंतर ठूलो परिमाणमा सेयर कारोबार भइरहेको छ । यस दिन १५ करोड ९१ लाखको सेयर कारोबार भएको छ । यसपछि क्रमशः बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंकलगायतको उच्च कारोबार भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स, नेशलन लाइफ इन्स्योरेन्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, प्रभु इन्स्योरेन्स, सगरमाथा फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।
बढेको बजारमा पनि गुमाउनेमा जेविल्स फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्स, बरुण हाइड्रो लगायतका लगानीकर्ता छन् ।
बजारलाई नियाली रहेका विश्लेषकहरु भने यसरी बजार बढ्नुमा चलखेल भएको आशंका गरिरहेका छन् । बजारमा पर्ख र हेरको अबस्थामा रहेका लगानीकर्ताहरु भने विस्तारै चलमलाई रहेका छन् । सोमबारको पछिल्लो कारोबारमा भने खरिदकर्ताहरुको चाप आएको सुमेरु सेक्युरीटिजका अध्यक्ष निरन्जनमान जोशी । दोस्रोपटक सर्किट ब्रेक लागेर खुलेको बजारमा भने खरिदकर्ताहरुको चाप रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ