वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यकाबासीले अब लोडसेडिङ तालिका देख्नु नपर्ने : मन्त्री शर्मा

अर्थटुडे
२०७३ मंसिर १३, सोमबार

भक्तपुर । उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिठ्ठ तालिका देख्नु नपर्ने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले उपत्यकाभित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिङ चुहावटमा देखाएको नियन्त्रणका साथै ब्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेकाले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताए ।
उपत्यकाभित्र लोडसेडिठ्ठ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरि काम गर्न सके नेपालले लोडसेडिठ्ठको अन्त्य गर्न सकिने उनले बताए ।
मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा जोड दिए ।
उनले नेपालमा बैदेशीक हस्तक्षेप उर्जामा मात्र लाग्छ भन्नु भन्दा पनि हस्तक्षेप भए त्यो देशमै लागू हुने दावी गर्नु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ