वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रिवेणी, पब्लिक र ब्राइट डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

अर्थटुडे
२०७१ असार १८, बुधबार

काठमाडौं । त्रिवेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट र ब्राईट डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । तिनवटै कम्पनी एकआपसमा मर्ज हुने भएपछि कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

nepal stock exchange
तिनैवटा कम्पनीबिच मंगलबार एकअर्कामा गाभिने (मर्जर) सम्झौता भएको छ ।
मर्जरपछि त्रिवेणी विकास बैंकको नामबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोबार हुनेछ । अहिले तिनवटै कम्पनी क्षेत्रीय स्तरका हुन् । हाल त्रिवेणीको पुँजी ३७ करोड, पब्लिकको १५ करोड १७ लाख र ब्राइटको १४ करोड रुपैयाँ रहेको छ ।

यसअघि असार १७ गते त्रिवेणीको सेयर मूल्य २ सय ६६, पब्लिकको १ सय ८५ र ब्राइट डेभलपमेन्टको १ सय ३८ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार सेयर बजार परिसुचक नेप्से ११.०७ अंकले वृद्वी भई ९ सय ६७.६७ अंकमा पुगेको छ । सबैभन्दा बढी विमा कम्पनीहरुको परिसुचक १ सय ६० अंकले बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ