वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ माइक्रो फाइनान्स कम्पनी थाल्यो कारोबार

अर्थटुडे
२०७१ असार १९, बिहीबार

काठमाडौं । देशैभर कार्य क्षेत्र बनाएर धादिङमा नयाँ माइक्रोफाइनान्स कम्पनी खुलेको छ । असार १९ गतेदेखि कारोबार सुरु गरेको नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लिमीटेडले गत जेठ २८ गते नेपाल राष्ट्र बैंकबाट लघुवित्तको कारोबार गर्नका लागि घ वर्गको स्वीकृति पाएको थियो ।

सो संस्थामा नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक लगायत सात वटा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको संस्थाद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । यसको अधिकृत पूंजी ५० करोड रुपैयाँ, जारी पूंजी दश करोड रुपैयाँ तथा चुक्ता पूंजी सात करोड रहेको पनि सो संस्थाले जनाएको छ । संस्थाका अनुसार बाँकी तीन करोड रुपैयाँ सर्वसाधारणको लागि छुट्टाइएको छ ।

संस्थाको अध्यक्ष्माा केशवप्रसाद आचार्य, सदस्यमा गंगाप्रसाद उप्रेती, ज्योतीप्रकाश पाण्डे,उदयकृष्ण उपाध्याय, रविन सिजापति र डा. रमा बस्याल सञ्चालक रहेका छन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव रहेको संस्थाले जनाएको छ ।

निक्षेपकर्ताको हक हितको संरक्षण गर्दै स्वस्थ्य प्रतिस्प्रर्धाबाट गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने, कृषि, साना उद्योग, व्यापार तथा अन्य उत्पादनशील व्यावसायको स्थापना गराउने जस्ता उदेश्य संस्थाको रहेको छ । सो संस्थाले आर्थिक वर्ष २०७१÷०७२ भित्र २० वटा शाखा खोल्ने लक्ष्य रोखेको छ । हाल नेपालमा ३६ वटा लघुवित्त संस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ