वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताभर नेप्से २९.३७ अंकले बढ्यो, कारोबार रकमको आधारमा चिलिमे हाइड्रो पावर अग्रस्थानमा

अर्थटुडे
२०७१ असार २०, शुक्रबार

काठमाडौ । साताभर नेप्से परिसूचक २९.३७ अंकले बढेर अन्तिम दिन विहिबार ९७२.८५ अंकमा पुगेको छ । यस साता कारोबार रकम (२९ करोड ४५ लाख १२ हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक पहिलो स्थानमा रहेको छ ।

nepal stock exchangeसाताभर कारोबारबाट ३ अर्ब २१ करोड ४८ लाख १० हजार रुपैयाँ बराबरका ८१ लाख २८ हजार ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम भने गत हप्ताको तुलनामा झण्डै डेढ अर्व बढेको छ । सातामा सवैभन्दा बढी कमाउने पाँच कम्पनीहरुमा चिलिमे हाइड्रो पावर कम्पनी ,अरुण भ्याली हाइड्रोपावर कम्पनी, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, लाइफ इस्योरेन्स कम्पनी, एसियन लाइफ इस्योरेन्स क.लि रहेको नेपाल स्टक एम्सचेन्जले जनाएको छ । सातामा नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीहरुको कारोबार भएको छ, भने यस साता सात वटा नयाँ कम्पनीहरु सुचिकृत भएको पनि नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ