वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पारिवारिक खेती र घर बगैचा व्यवसायीको सहयोगी बन्ने

अर्थटुडे
२०७१ असार २२, आईतवार

काठमाडौं । व्यवसायिक उन्मुख नेपालको कृषि लाई परिवारीक खेती र घरबारी बगैचा व्यवस्थापनले ठूलो सहयोग पुग्ने युवा कृषकहरुले बताएका छन् ।
अन्तराष्ट्रिय पारिवारीक खेति वर्ष २०१४ राष्ट्रिय कार्यन्वयन समितिले राजधानीमा गरेको युवा कृषक लक्षित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न जिल्लाका युवा कृषकहरुले कृषि अभ्यास गर्नका लागी पारिवारीक खेती र घरवारी बगैचा व्यवस्थापन सहयोगी बन्ने बताएका हुन ।

IMG_2314सहभागीहरुले व्यक्तिगत सक्रियतामा गर्दै आईरहेको पारिवारीक खेतीमा सरकार र अन्य निकायको सहयोग अपरिहार्य रहेको बताएका छन् । पछिल्लो सयम कृषिमा युवा सहभागीता बढ्दो सन्तोष जनक रहेपनि सरकारले साना किसानहरुलाई जोड्न नसकेको प्रति दुःख प्रकट गरेका छन् ।

युवा कृषकहरुले धेरै जनसंख्या कृषिमा सहभागी रहेपनि यसको औपचारीक शिक्षा लिने संस्था कम रहेकोले कृषि अध्यायन केन्द्र स्थापना गर्न माग गरेका छन् । कृषि मन्त्रालयका सह–सचिव रामप्रसाद पुलामीले सरकार कृषि क्षेत्रको प्रवद्र्धनका कार्यक्रम लागुगर्ने सवालमा कुनै कञ्जस्याई नगर्ने प्रतिवद्धता जनाए ।

उनले सरकारले प्रविधी युक्त कृषि व्यवसाय हुन नसके अव हामी कृषिमा आत्मनिर्भर हुन नसक्ने कुरा सकरकारले थाहा पाईसकेका कारण विभिन्न कार्यक्रमहरु ल्याएको बताए ।

अन्तरक्रिया कार्यक्रममा पारिवारीक खेति वर्ष २०१४ राष्ट्रिय निर्देशक समितिका सदस्य सचिव खेमवहादुर पाठकले अहिलेको अभियान कृषिमा अत्मनिर्भर बनाउने तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । उनले कुनै एक आमुख व्यक्तिको विरोध गर्नुभन्दा पनि आफ्ना लागी आफै उत्पादनमा जुट्नुपर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ