वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विपन्नता र पछौटेपन रोक्नका लागि साना किसान बैंक लाग्नुपर्छ— गभर्नर

अर्थटुडे
२०७१ असार २२, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले ग्रामीण विपन्नता र पछौटेपन घटाउन साना किसान बैंक लाग्नुपर्नेमा जोड दिएका छन् ।

dr yubaबैंकका १७ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले ग्रामीण क्षेत्रको गरिबी घटाउन बैंक प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै कृषि उत्पादकत्व वृद्धिलाई पनि बैंकले उत्तिकै जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

लघुवित्त बैंकका रूपमा स्थापना भएको उक्त बैंकको अधिकृत पुँजी रु २४ करोड, जारी पुँजी रु २३ करोड छ लाख ८२ हजार रहेको छ भने त्यति नै बराबरको चुक्ता पुँजी रहेको छ ।

चुक्ता पुँजीमध्ये कृषि विकास बैंकको २२, नेपाल बैंक लिमिटेडको छ, नविल बैंकको तीन, साना किसान सहकारी संस्थाहरूको ३९ र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ । बैंकले जेठ मसान्तसम्ममा रु १८ अर्ब २५ करोड लगानी गरेको छ भने रु ३० अर्ब ३० करोड असुली गरिसकेको जनाएको छ ।

सो कार्यक्रममा गभर्नर खतिवडाले साना किसान विकास अभियानका अग्रज पूर्व सचिव रामेश्वर खनाल, नारायणनरसिंह खत्री, नवराज लुइँटेल र दीपनारायण पूर्वेलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ