वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उर्जासंकट निवारणका लागि एडीविले दियो १८ अर्व ऋण

अर्थटुडे
२०७१ असार २३, सोमबार

काठमाडौं । नेपालको उर्जा संकट कम गर्नका लागि एसियाली विकास बैंक (एडिबी)ले १८ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग उपलव्ध गराउने भएको छ । यो कर्जाबाट नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाइनको स्तरोन्नती तथा क्षमता विस्तार गर्ने, डिष्ट्रिब्युसन लाइन निर्माण गर्ने तथा ट्रान्सफरमरका लागि सब स्टेशनहरु बनाउने छ।

adbसो ऋणबाट प्राधिकरणले मुख्य भार पर्ने काठमाडौं उपत्यकामा ट्रान्समिसन लाईनको क्षमता दुई हजार मेगावाट पुर्याउन भएको छ। प्राधिकरणले आन्तरिक माग पुरा गरि १२ सय मेगावाट विद्युत भारत निर्यात गर्ने प्रस्ताव एडिबीलाई गरेको छ।
आगामी छ बर्ष भित्र ६ वटा आयोजनाबाट विद्युत आपुर्ती सुरु हुने र त्यसले आन्तरिक माग पुरा गरि निर्यातको अवस्था बन्ने जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ