वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली राजदुतावासद्धारा ओमानमा ६ नेपालीको उद्धार

अर्थटुडे
२०७१ असार २५, बुधबार

काठमाडौं । नेपाली राजदुतावास मस्कटले ओमानमा कामका लागि ६ नेपालीहरुलाई उद्धार गरी नेपाल पठाइएको बताएका छन् । यसरी नेपाल फर्कने ६ जनामा बृजमोहन लोधी, रामगरेश लोध, भगौतीप्रसाद चमार (रुपन्देही), याचकबहादुर मगर (मोरङ), पाटीराम ठाकुर (महोत्तरी) र दिनेश महरा धनुषा रहेका छन् ।

artha sansar1
नेपालबाट रोजगारीको सिलसिलामा ओमानमा ७/८ महिनाअघि मसहारफ अल खलदिया टेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनी मा काम गर्न आएका यी ६ जना नेपाली कामदारहरुल स्पोन्सरले तलव नदिएको खाना तथा बासको राम्रो प्रबन्ध नभएको भनी उनीहरुले राजदुतावास मस्कटमा निवेदन दिएको दुतावासले जनाएको छ ।

राजदुतावासबाट स्पोन्सरलाई सम्पर्क गरी काम गरेको तलव दिन बस्ने खाने तथा औषेधोपचारको बन्दोबस्त गर्न अनुरोध गर्दा पनि बेवास्ता गरेकोले ६ जना कामदारको उद्धार गरेको राजदुतावासले बताएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ