वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली भाषामै जीमेल चलाउने हैन त ?

अर्थटुडे
२०७१ असार २६, बिहीबार

काठमाडौं । विश्वभर लोकप्रिय इमेल सेवा जीमेल अब भने नेपाली भाषामा पनि चलाउन सकिने भएको छ । गुगलले सोमबारदेखि नेपालीसहित थप १३ वटा भाषामा जीमेल चलाउन पाइने व्यवस्था गरेको हो ।
जीमेलमा रहेको भाषा सेटिङ अप्सनमा नेपाली भाषा छनौट गरेपछि अब जीमेलका सवै बटनहरु नेपाली भाषामा देखिने छन् । नेपालीमा जीमेल चलाउन जीमेलमा रहेको सेटिङ अप्सनमार्फत् अंग्रेजी भाषालाई नेपाली भाषामा परिवर्तन गर्नुपर्ने हुन्छ ।

गुगल लोकलाइजेसनका सिनियर प्राजेक्ट म्यानेजर इयान हिलका अनुसार सोमबारदेखि थपिएका भाषामा अफ्रिकन, अर्मानियन, अजरबैजनी, हङकङ, क्यानडेली फ्रेन्च, गालिसियन, जर्जियन, खमेर, लाओ, मंगोलियन, नेपाली, सिंहाली र जुलु भाषा रहेका छन् ।
यसअघि नै ५८ भाषामा उपलब्ध जीमेल थप १३ भाषासहित ७१ भाषामा उपलब्ध हुन थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ