वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एपेक्सको सञ्चालक समितिले पायो पूर्ण अधिकार,सञ्चालक समितिको अध्यक्षमा चन्द्रलाल

अर्थटुडे
२०७१ असार २७, शुक्रबार

काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकको साधारणसभाले बैंकको बारेमा कुनैपनि निर्णय लिनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ । शुक्रबार बसेको बैंकको १२ औ साधारण सभाले मर्जरमा जाने वा रणनीतिक साझेदार भित्र्याउने भन्ने बारेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको हो ।

apex dev bank
यससँगै साधारणसभाले नयाँ सञ्चालक समितिको अध्यक्षमा चन्द्रलाल जोशी सर्वसम्मत निर्वाचित गरेको छ, भने संस्थापक शेयरधनीका तर्फबाट क्षेत्रबहादुर थापा, विष्णुप्रसाद धिताल, धु्रवराज तिवारी र प्रा.डा.वेदनाथ शर्मा रहेका छन् ।
त्यस्तै संस्थागत शेयरधनीबाट छवी रमण अधिकारी (उनी नागरिक लगानी कोषका तर्फबाट ) तथा सर्वसाधरण शेयरधनीका तर्फबाट लोकेन्द्रमान कर्माचार्य र सुवर्ण राजभण्डारी निर्वाचित भएका छन् ।
यो सधारणसभा रोयलमर्चेन्ट बैकिङ एण्ड फाइनान्स, रारा विकास बैंक, अपी फाइनान्स गाभिएपश्चातको पहिलो रहेको बैंकले जनाएको छ । हाल बैंकको २० वटा शाखा रहेका छन् भने बैंकको करिव ४ अर्व ६५ करोड निक्षेप र ४अर्व रुपैयाँ कर्जा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ