वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

३७.१३ अंकले बढ्यो नेप्से, साताभर चार अर्व ४७ करोडको कारोबार

अर्थटुडे
२०७१ असार २७, शुक्रबार

काठमाडौं । यस साता नेप्से परिसुचक ३७.१३ अंकले बढेर १०२३.४७ अंकमा पुगेको छ । गत साता नेप्से १९०३७ अंकमा थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता ४ अर्ब ४७ करोड १७ लाख ९० हजार रुपैयाँ बराबरका ९३ लाख ७७ हजार ७ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

nepal stock exchange
यो गत साताको तुलनामा ३९.१३ प्रतिशतले बढी हो । गत साता कारोबारबाट ३ अर्ब २१ करोड ४८ लाख १० हजार रुपैयाँ बराबरका ८१ लाख २८ हजार ९० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो ।
यस साता चिलिमे हाइड्रोपावर कम्पनीको सवैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीले साताभर २१ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर किनवेच गरेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ । उसले साताभर ६ लाख ८२ हजार १ सय २७ कित्ता सेयर किनवेच गरेको छ ।
यस साता कारोबार रकमको आधारमा पाँच उत्कृष्ट संस्थाहरुमा चिलिमे हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर,कृषि विकास बैंक,नेसनल हाइड्रोपावर र सिभिल बैंक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ