वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल आउने पर्यटकको संख्या घट्यो, बसाइ अवधि पनि छोट्टियो

अर्थटुडे
२०७१ असार २७, शुक्रबार

काठमाडौं । राजनीतिक अस्थिरताका कारण नेपालमा आउने पर्यटकको संख्या घटेको छ । विहिबार अर्थमन्त्री डा.रामशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले पर्यटकको संख्या ०.७ प्रतिशतले घटेको उल्लेख छ ।

tourist in nepal pic
सन् २०१२ मा ८ लाख ३ हजार ३४३ पर्यटन नेपाल घुम्न आएकोमा सो संख्या घटेर सन् २०१३ मा ७ लाख ९७ हजार ७ सय ५९ पर्यटक नेपाल घुम्न आएका छन् ।
त्यसैगरी पर्यटहरुको बसाइ अवधि पनि छोटिट्एको छ । सन् २०१२ मा पर्यटकहरुको नेपाल बसाइ सरदर १२.९ दिन रहेकोमा सन् २०१३ मा आएर १२.६ दिनमा झरेको छ ।
आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७०÷७१ को आठ महिनामा पर्यटकहरुबाट ३० अर्व ४३ करोड रुपैयाँ विदेशी मुद्रा कमाएको छ । त्यस्तै एक पर्यटकले एक दिनमा ३४.५ अमेरिकी डलर खर्च गर्ने गरेका छन् ।
नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशत रहेको छ भने यस क्षेत्रमा १ लाख ७८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ