वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बागेश्वरी र सांग्रीला डेभलपमेन्ट बैंक गाभिए

अर्थटुडे
२०७१ असार ३१, मंगलवार

काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको वागेश्वरी डेभलपमेन्ट बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको सांग्रीला डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । गाभिएपछी राष्ट्रिय स्तरको बनेको बैकको नाम साग्रिला डेभलमेन्ट बैंकका रुपमा कारोबार सुरु भएको छ ।
१ बराबर १ सेयर अनुपातमा गाभिएका दुबै बैंकको तर्फबाट ३२–३२ करोड गरि कुल चुक्ता पूँजी ६४ करोड रुपैयाँ पुगेको छ । बैंक अब राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नती भई कर्पोरेट\शाखा कार्यालय काठमाडौं न्यूरोडबाट एकिकृत कारोवार सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी  दिए । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर सम्बन्धी अवधारणाले वित्तिय क्षेत्र सवल, सुदृढ एवं परिमार्जित हुने बैंकको ठहर रहेको उनले बताए  ।

बैकको निक्षेप ६ अर्ब ४४ करोड, कर्जा लगानी ५ अर्ब १५ करोड रहेको छ । २४ शाखा, ६ बटा एटीएम काउण्टर, १५.९५ प्रतिशत पुजीकोष, २ सय ८० जना कर्मचारी रहेको बैंकले चैत मसान्तसम्म १८ करोड ८४ लाख सञ्चालन नाफा कमाएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ