वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट मयुरको प्वाख घुसारेको काग जस्तो—डा.भट्टराई

अर्थटुडे
२०७१ असार ३१, मंगलवार

काठमाडौं । पूर्व अर्थमन्त्री एवं एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराईले अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटले ठूला र दलाललाई मात्रै पोस्ने र देशलाई परनिर्भर बनाउने रहेको बताएका छन् ।
बजेट गलत छ र यसले देशलाई २० वर्षपछि धकेल्ने छ डा.भट्टराइले भने यो बजेटले आर्थिक बृद्धिदरको लक्ष्यलाई कुनैपनि हालतमा प्राप्त गर्न सक्दैन

dr baburamअर्थमन्त्री डा.रामशरण महतले आइतबार प्रस्तुत गरेको बजेट माथि छलफलका लागि मंगलबार गरिएको प्रस्तावमा बोल्दै डा. भट्टराइले अर्थमन्त्री ठूला पुँजीपतिका पक्षमा देखिएको,संघीयताका बारेमा मौन रहेको आm्ना कार्यकर्ता पोस्न खाजेको दलाल र विदेशी नोकरशाही पँुजीलाई बढावा दिने खालको बजेट ल्याएको आरोप लगाए ।

उनले सरकारले ल्याएको बजेट मयुरको प्वाख घुसारेको काँगको भएको बताए । उनले मयुरका केही प्वाँख घुसार्दैमा काग कहिल्यै मयुर बन्न नसक्ने समेत उनको दावी थियो ।

यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सभासदले पाँच करोड बजेट माग्नु बाध्यता भएको भन्दै सभासदप्रति जनताको अपेक्षा धेरै हुने भएकाले यो रहर नभएर बाध्यता बनेको उनको तर्क रहेको छ ।

उनले बजेटले नयाँ अभ्यास सुरु गरेको दावी गर्दै बजेट आर्थिक संबृद्धि र सुशासनमा केन्द्रित रहेको पनि उनको दावी रहेको छ । मन्त्री महतले पेश गरेको पेश्की खर्च विधेयकमाथि मंगलबार र बुधबार छलफल गरी उक्त विधेयक पारित गर्ने तयारी संसद सचिवालयले गरेको छ ।

सो विधेयक पारित नहुदासम्म सरकारको ढुकुटीबाट रकम खर्च गर्न नपाईने प्राबधान छ । सरकारले ६ खर्व १८ अर्व १० करोड बजेट संसदमा पेश गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ