वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक लगानी कोषले ५० % बोनस सेयर दिने

अर्थटुडे
२०७१ असार ३२, बुधबार

काठमाडौ । नागरिक लगानी कोषले आफ्ना सेयर धनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको बुधबार सम्पन्न १९ औ वार्षिक साधारण सभाले बोनस दिने प्रस्ताव पारीत गरेपछि सेयरधनीले वोनस पाउने निश्चित भएको हो । त्यसैगरी कर प्रयोजनको लागी २ दशमलब ६३ प्रतिसत लाभांस दिने निर्णय पनि पास भएको छ ।

Cit Agm photoसाधारण सभामा कोष संचालक समितिका अध्यक्ष तथा सूचना तथा संचार मन्त्रालयक सचिव सुमन प्रसाद शर्माले आब २०६९÷७० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा कोषको समग्र आर्थिक अवस्थाको बारेमा उल्लेख गरिएको छ ।

कोषको चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ । २०७१ चैत मसान्त सम्ममा कोषको खुद कोष रकम ४६ अर्ब १ करोड ६५ लाख रुपैया पुगेको छ । कोषले बिभिन्न कार्यक्रमका सहभागीलाई कार्यक्रमको प्रकृति अनुसार ५ दशमबल ५ देखी ९ प्रतिसत सम्म प्रतिफल प्रदान गर्दे आईरहेको छ ।

कोषले संचालन गरेको कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोष,नागरिक एकांक योजना,पेन्सन÷उपदान कोष योजना, लगानीकर्ता हिसाव योजना, बिमा कोष योजना गरी खुद कोष रकम ४२ अर्ब ४९ करोड ८३ लाख रुपैया पुगेको छ । चालु आब देखी संकलन गरिएको सैनिक बिमा

कोषको पुजी बजार सेवालाई विस्तार गर्न एक सहायक कम्पनी खडा गरी बजार निर्माताको काम गर्ने तथा आफनो स्वामित्वमा रहेको जग्गामा ब्यापारीक तथा कार्यलय भबन निर्माणको कार्यलाई कोषले अगाडी बढाईरहेको जानकारी सभामा दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ