वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट कार्यन्वयनमा समस्या- अर्थविद् तथा पूर्वअर्थमन्त्री

अर्थटुडे
२०७१ असार ३२, बुधबार

काठमाडौं । सरकारद्वार सार्बजनिक नयाँ बजेटको कार्यन्वयन बारे विभिन्न टिका टिप्पनी भईरहेका बेला पूर्वअर्थमन्त्री तथा अर्थविदहरुले बजेटको कार्यन्वयन बारेमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।

32 news photo‘बजेट कार्यन्वयनको पक्ष’वारेमा मिडिया इन्टनेशनलले बुधवार राजधानीमा गरेको कार्यक्रममा पूवअर्थमन्त्री शंकरप्रसाद कोइरलाले पहिलेको जस्तो अहिलेको अवस्था नभई निर्वाचित सरकार र अर्थतन्त्रलाई अगाडी बढाउने दलहरु सरकारमा भएकाले यसको कार्यन्वयनमा आफु आशावादी रहेको बताए ।
कोइरालाले सरकारले नीतिगत सुधारका लागि प्रयाप्त प्रतिवद्धता गरेको भन्दै यो सकरात्म भएको बताए । ‘बीस बर्ष अघि बनेको ऐन कानुनमा अर्थतन्त्र चलिरहेको अवस्थामा नयाँ नीति ल्याउनु सकरात्मक हो,’ कोइरालाले भने ।

सरकारले तीन वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता ठिकै भएको भन्दै उनले अब छिट्टै साढे एघार सयको आयोजना बनिरहेकोले यो पुरा हुन सक्ने आशा व्यक्त गरे ।

कृषि क्षेत्रमा जती लगानी गरे पनि नपुग्ने भन्दै उनले सरकारले कृषकलाई ६ प्रतिशत व्याजमा ऋण दिने कुरा क्रान्तिकारी भएको उल्लेख गरे । कृषि क्षेत्रमा उल्लेख्य लागानी गरेमा आयात पनि प्रतिस्थापन गर्ने र व्यापार घाटामा सघाउ पुर्याउने उनले जनाए ।

एउटै अर्थमन्त्रीले ६ वटा सम्म बजेट ल्याउन सक्ने वातावरण भएमा यसको कार्यन्वयन सहज रुपमा हुने कोइरालाले बताए । जसले बजेट ल्याउछ, उसैले कार्यन्वयन गर्न पाउने अवस्था आवश्यक भएको भन्दै उनले यसका लागि राजनीतिक स्थायीत्व आवशयक भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका अर्थविद डा. चिरिञ्जीवी नेपालले दलहरु सरकारमा हुँदा एउटा धारणा र बाहिर हुँदा अर्को धारणा आउने गरेको भन्दै यसले समस्या सिर्जना गरेको बताए ।
साउन १ गतेनै अख्तियारी दिदा पनि समयमै कार्यक्रम कार्यन्वयन हुन नसकेको भन्दै अझै पनि अर्थतन्त्रमा विकृति भएको बताए । ‘यसको मुख्य कारण पैसा भण्डार गरेर बस्नु पनि हो,’ नेपालले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ