वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इलेक्ट्रिसियन र पेन्टरको ज्याला १२८ प्रतिशतले बृद्धि

अर्थटुडे
२०७१ असार ३२, बुधबार

काठमाडौं । ‘इलेक्ट्रिसियन’ र ‘पेन्टर’को ज्याला यस चालु आर्थिक वर्षमा सवैभन्दा वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको निर्माण क्षेत्रको लागत मूल्य सूचकाङ्क अनुसार बिजुलीको काम गर्ने र घर रङरोगन गर्ने मजदुरको ज्याला १२८ प्रतिशतले बढेको छ । अधिक ज्याला पाउने तेस्रो सूचीमा ज्यामी काम गर्नेहरू परेका छन् ।

pentar
त्यसैगरी काठको मूल्यमा पनि भारी वृद्धि भएको छ । समीक्षा अवधिमा काठको मूल्यमा साढे तीन गुणाले बृद्धि भएको पनि सूचकाङ्कमा उल्लेख छ । निर्माण सामग्रीको मूल्य ७० प्रतिशतले बढेको तथा निर्माण मजदूरको ज्याला १२८ प्रतिशतले वृद्धि भएको छ । ह्युम पाइप, जिआई पाइप, रोडाढुङ्गा, माटो र बालुवाको मूल्य पनि अनपेक्षितरुपमा बढेको छ ।
त्यस्तै औद्योगिक उत्पादनको मूल्य पनि ११७ प्रतिशतबाट बढेर १३५ प्रतिशतमा पुगेको छ । औद्योगिक क्षेत्रको उत्पादकत्वको मूल्य सूचकाङ्कले पनि सबैतिर मूल्यवृद्धि भएको देखाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ