वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्तले विना धितो १ लाख र धितोमा ४ लाख रुपैयाँसम्म कर्जा दिन पाउने

अर्थटुडे
२०७१ श्रावण १, बिहीबार

काठमाडौं। लघुवित्त संस्थाहरुले सामूहिक जमानीमा एक लाख र घितोमा ४ लाखसम्म कर्जा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशिका–२०७१ जारी गर्दै लघुवित्त संस्थाहरुलाई लघु उद्यम वा व्यवसाय संचालन गर्न सो व्यवस्था गरेको हो ।
२ वर्षदेखि कर्जा उपभोग गरी असल ऋणीमा परेका व्यक्तिका लागि भने १ लाख ५० हजार रुपैयाँ सम्म ऋण दिने सक्नेछन् । यसैगरी घितो जमानीमा भने लघुउद्यम वा व्यवसाय गर्ने सदस्यलाई ३ लाख रुपैयाँसम्म कर्जा दिन सक्नेछन् ।

यो कर्जा लिएर असल ऋणीमा परेको खण्डमा थप एक लाख ऋण उपलव्ध गराउन सक्नेछन् । यसैगरी निर्देशनमा कुनैपनि फर्म तथा कम्पनी कालो सुचिमा परेको भए कालो सुचिमा रहेको अवधि र कालोसुचिबाट हटेको ३ वर्षसम्म त्यस्तो फर्म वा कम्पनीहरुको तर्फबाट सञ्चालक मनोनयन गर्न योग्न नहुने उल्लेख छ ।
यसैगरी विदेशी बैंक तथा वित्तिय संस्था बाहेक अन्यले लघुवित कम्पनीमा लगानी गर्न नपाउने र गरेको भएमा २०७२ असार मसान्त भित्र लगानी नेपालीलाई बेच्नुपर्ने वा फिर्ता लैजानुपर्ने निर्देशिकामा रहेको छ ।
राष्ट्र बैंकले दुई दिनअघि मात्र बैंक तथा वित्तीय संस्थाहरुका लागि छुट्टै एकिकृत निर्देशिका–२०७१ जारी गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ