वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विमा समितिको आन्दोनलनले उग्र रुप लियो, अनिश्चित कालका लागि कामकाज ठप्प

अर्थटुडे
२०७१ श्रावण १, बिहीबार

काठमाडौं । आन्दोलनरत कर्मचारीहरुले विमा समितिको व्यवस्थापन पक्षले माग पूरा नगरेको भन्दै विहिबारदेखि अनिश्चितकालका लागि कामकाज ठप्प पारेका छन् ।bima samiti
तीन सातादेखि लगातार आन्दोलन गरेपनि व्यवस्थापन पक्ष आफ्ना मागहरुलाई लिएर गम्भीर नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले अनिश्चितकालका लागि काम ठप्प पारेका हुन् । विभिन्न १३ बुँदे माग राखी असार ९ गतेदेखि समितिका कर्मचारीहरु आन्दोलनरत थिए ।

बीमा समिति कर्मचारी संघका अध्यक्ष शम्भु मिश्रका अनुसार समितिले आफ्ना मागहरु पुरा गर्न सकिने भएपनि वेवास्ता गरेका कारण कामकाज नै ठप्प पारेर आन्दोलन गर्न लागेको हो ।

कर्मचारीहरुले विनियमावली २०६८ मा भएको व्यवस्था लागू गर्नुपर्ने, बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ परिमार्जन गर्नुपर्ने, समितिबाट न्यून प्रतिफल प्राप्त हुने गरी भएको लगानीको छानवीन गर्नुपर्ने लगायतका १३ बुदे माग अघि सारेका छन् ।

विमा समिति कर्मचारी संघले अघिल्लो शुक्रबारबाट पाँचौ चरणको आन्दोलनको घोषणा गरेको थियो । व्यवस्थापन र कर्मचारीबीचको लडाईँले समितिको सेवाबाट सरोकारवालाहरु भने बञ्चित भएका छन् । विमा समितिका अध्यक्ष फत्तेबहादुर केसीले कर्मचारीहरुले राखेका माग समितिले पूरा गर्न नसक्ने भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ