वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी वर्षको लागि मौद्रिक नीति आज आउँदै, सिआरआर बढ्न सक्ने संकेत

अर्थटुडे
२०७१ श्रावण १, बिहीबार

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०७१ /७२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थामा भएको तरलताको व्यवस्थापन गर्न अनिवार्य नगद मौज्दात (सिआरआर) केही रुपमा बढाउने संकेत देखिएको छ । हाल बाणिज्य बैंकहरुले ५ प्रतिशत,विकास बैंकहरुले ४.५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ४ प्रतिशत सिआरआर राख्नु पर्दछ । nepal rastra bank

मौद्रिक नीतिले सरकारले बजेट मार्फत सार्वजनिक गरेको ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्यलाई आफ्नो लक्ष्य बनाएर सोही अनुरुपको कर्जा लगानी विस्तारमा जोड दिने छ । मुद्रास्र्फितिको लक्ष्यलाई पनि बजेट अनुरुप नै ८ प्रतिशतमा कायम गरी सोही अनुरुपको मौद्रिक नीति तयार गरिएको राष्ट्र बैंकले जनाकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.युवराज खतिवडाले एक कार्यक्रममा बजेटमा राखिएको लक्ष्य प्राप्ति हुने गरी नै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताए । उनले भने—अहिले पनि कतिपय क्षेत्रहरुको ७ प्रतिशतभन्दा पनि बढी बृद्धि रहेको छ । ती क्षेत्रहरुको वृद्धिलाई यथावत राख्दै अन्य केही क्षेत्रहरुको वृद्धिलाई ‘पुसअप’ गर्न सक्यौं भने हाम्रो लक्ष्य हासिल हुन्छ ।
खासगरी, पर्यटन र निर्माण क्षेत्रलाई सुधार गरेर ५ प्रतिशत वृद्धिमा लैजान सक्यौं, कृषिको वृद्धिलाई ५ प्रतिशतमा पु¥याउन सक्यौं र अन्यलाई ७ प्रतिशतभन्दा बढीको वृद्धिमा कायम राख्न सक्यौं भने आर्थिक वृद्धको ६ प्रतिशत लक्ष्य सहजै हासिल हुन्छ गभर्नर डा.खतिवडाले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ