वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्रिटिस कलेजमा ६६ जनाको रक्तदान

अर्थटुडे
२०७१ श्रावण १, बिहीबार

काठमाडौं–द ब्रिटिस कलेजका विद्यार्थीहरुले काठमाडौँमा रगत अभाव बढेको समाचार सार्वजनिक भएपछि कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । बिहीबार द ब्रिटिस कलेजले सामाजिक उत्तरदायित्व वहन गर्ने गरी ब्रिटिस कलेजमा स्थापना गरिएको विद्यार्थीहरुको क्लब हातेमालो फाउण्डेशनले गरेको यस कार्यक्रममा ६६ जना व्यक्तिले रक्तदान गरेका थिए ।

2t
हातेमालो फाउण्डेशनका संस्थापक तथा संयोजक सफलता श्रेष्ठ र उक्त कार्यक्रममा संयोजक रोशन मेहताको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र अन्य रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कलेजभित्र सामाजिक र परोपकारका क्षेत्रमा काम गर्नका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत गठन भएको यस फाउण्डेशनले सामाजिक उत्तरदायित्य स्वरुप सो कार्यक्रम आयोजन गरिएको थियो । संस्थाले आगामी दिनहरुमा पनि रगतको चरम अभावका बेलामा पनि यस्ता अन्य कार्यक्रम गर्न तत्पर रहने जनाएको छ ।

रक्तदान कार्यक्रममा कलेजका शैक्षिक निर्देशक नरेन्द्र कडेंलले विद्यार्थीहरुले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिई सामाजिक उत्तरदायित्व समेत बोक्नुपर्ने बताए । “विद्यार्थीहरुले पढाइका साथसाथै सामाजिक र परोपकारी कामहरुमा पनि आफूलाई क्रियाशील गराउँदैं लैजानुपर्छ,” उनले भने, “त्यसका लागि कलेजले पनि सहयोगी भूमिका खेलिरहेको छ ।”

त्यसैगरी फाउण्डेशनका संयोजक सफलता श्रेष्ठले आफूहरुले सदैव अध्ययनका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी समाजलाई आवश्यक पर्ने हरेक गतिविधिमा सक्रिय भई लागिपर्ने बताइन् ।

द ब्रिटिस कलेज थापाथली बेलायती विश्वविद्यालय लिड्स मेट्रोपोलिटन युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ इङ्ग्ल्याण्डको सम्बन्धनमा बीएस्सी कम्प्युटिङ, बीबीएम, बीबीए, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्जुकेटिभ लगायतका कोर्स सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ