वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वल्र्डकपमा सोनी टिभीको उपहार योजना

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौं । विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद वल्र्डकप फुटबल २०१४को अफिसियल पार्टनर सोनीले आफ्ना ग्राहक वर्गको लागि नँया योजनाहरु बजारमा लिएर आएको छ ।

“सोनी डेज २०१४“ नामक प्रवर्धक योजना अन्तर्गत यसपालि अन्तराष्ट्रिय व्रांण्ड सोनीले बिश्वकप फुटबल प्रायोजन गर्दै छ । विश्वकपकै मौका छोपि सोनीले विभिन्न आकर्षक योजनाहरु संगै आफ्नो सामानहरु बजारमा ल्याउन लागेकोे हो ।

योजना अन्तर्गत ग्राहकले सोनी ब्राण्डका कुनैपनि ब्राभिया टेलिभिजनको खरिदमा स्योर् सट पुरस्कार प्राप्त गर्न सक्नेछन् । मे २५ देखी जुलाई ३१ सम्म संचालन हुने योजना अन्तर्गत सोनी ब्राभिया टेलिभिजन किन्ने ग्राहकले उपहारका साथै विशेष फिफा मुल्यमा टेलिभिजन खरिद गर्न सक्नेछन्, जसको मुल्य अन्य समयको तुलनामा न्यून रहनेछ ।

विश्वकप फुटबल खेलको अफिसियल पार्टनर रहेको सोनी ब्राण्डका ब्राभिया टेलिभिजनको खरिदमा ग्राहकले ब्लु रे होम थिएटर, ब्लु रे प्लेयर, डिभिडि प्लेयर, एक्स्पेरिया जेड अल्ट्रा, फिफा टिसर्टस् प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ