वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सातवटा आयोजनाको पीपीए

अर्थटुडे
२०७१ श्रावण ४, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ वटा आयोजनासँग पिपिए (पावर पर्चेज एग्रिमेन्ट) गरेको छ । प्राधिकरणको शनिबार बसेको संचालक समितिले ५ वटा ठूला र २ वटा लघु जलविद्युत कम्पनी गरी ६२ मेगावाट बराबरका ती आयोजनासँग पीपीए गर्ने निर्णय गरेको हो ।

nepal-electricity-authorityप्राधिकरणका अनुसार पीपीए भएका ठूला आयोजनाहरुमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी, ७.५ मेगावाटको माथिल्लो खोरुङेखोला, ६.५ मेगावाटको रुदीखोला बी, २१.६ मेगावटको तल्लो हेवाखोला रहेका छन् । यसैगरी लघु जलविद्युत आयोजनामा ७ सय ५० किलोवाटको लुबी खोला र ९ सय ८० किलोवाटको पावरखोला साना जलविद्युत आयोजनासँग पनि पीपीए सम्झौता गरेको छ ।
यसैगरी प्राधिकरणले पहिलो पटह रामेछापको सुनकोशी नदिमा टर्वाईन राखेर निकालीने साना जलविद्युत आयोजनासँग पनि पीपीए गरेको छ । ४ सय किलोवाट क्षमताको यो आयोजनाले सीधै खोलामा र्टवाईन राखेर विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । उक्त आयोजनाको प्रवद्र्धक अस्मिता हाईड्रोपावर कम्पनी रहेको छ ।

प्राधिकरणले मिनिग्रिड स्थापना गरी लघुजलविद्युत आयोजनाबाट उत्पादित विजुली पनि केन्द्रीय प्रशारणमा जोड्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ