काठमाडौं । भक्तपुर नगरपालिका र उत्तर कोरियाको प्योङसङनगरबिच मैत्री सम्बन्ध कायम भएको छ । दुई नगरबिच शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमबिच एक आपसमा सहयोग आदनप्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतामा भक्तपुर नगरपालिकाका प्रमुख राममणी भट्टराई र प्योङसङ नगर समितिका अध्यक्ष आन भ्याङ ओकेले हस्ताक्षर गरे ।
सम्झौतापत्रमा दुवै नगरले एक अर्काको आर्थिक, विज्ञान, प्रविधि, व्यापार, नगर निर्माण, वातावरण संरक्षणलगायतका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने उल्लेख छ ।
प्रतिक्रिया