वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री सम्मानित

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौं । सरकारमा गएको छोटो समयमै राम्रो काम गरेको भनेर अर्थमन्त्री डा रामशरण महतलाई प्राध्यापक संघले सम्मान गरेको छ ।

छैटौं पटक अर्थमन्त्री र परराष्ट्रमन्त्री समेत गरी सातौं पटक मन्त्री बन्नुभएका डा महतलाई प्राध्यापकहरुले उच्च आर्थिक बृद्धि हासिल हुनेगरी नीति निर्माण गरी नेपाललाई विकासशील मुलुकको दाँजोमा छिटो पु¥याउन आग्रह गरेका थिए । प्राध्यापकहरुले नेपालमा प्रचूर साधन र स्रोत भएपनि विकासमा पछि परेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले सरकारले विकास निर्माण र पूर्वाधारमा लगानी बृद्धि गर्ने, स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्ने, उच्च आर्थिक बृद्धि हासिल गर्ने, गाउँ गाउँमा पूर्वाधारका काम गर्ने र आगामी ७।८ वर्षभित्रमा विकासशील मुलुकको दाँजोमा पु¥याउने धारणा राखे । विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर खस्केको चर्चा गर्दै यसलाई माथि उठाउन प्राध्यापक, विश्वविद्यालयका पदाधिकारीहरुले प्रयास गर्नुपर्ने उनको भनाई थियो ।
नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले सरकारले सुशासन दिने, विकास निर्माणलाई तिब्रता दिने र सबै पक्षलाई समेटेर सर्वस्वीकार्य संबिधान समयमै दिनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ