वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से २९ अंकले बढ्यो, लघुवित्त कम्पनीको सेयरका कारण नेप्सेमा सर्किट ब्रेक

अर्थटुडे
२०७१ श्रावण ४, आईतवार

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरे लगत्तै नेप्से परिसुचक बढ्न थालेको छ । सरकारले चालु आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेपछि केही दिन घटेको नेप्से फेरी बढ्न थालेको थियो । गत हप्ता ८ अंकले मात्र बढेको नेप्से साताको पहिलो दिन आइतबार नै २९ अंकले बढेर एक हजार ७४ अंकमा पुगेको छ । सरकारको बजेटपछि एकैदिन उच्च अंकले बढेको यो पहिलो पटक हो ।

chart (28)
आइतबार १ सय ५० कम्पनीका १८ लाख १३ हजार कित्ता सेयर ९६ करोड ६० लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार नेप्सेका सबै उपचूचकहरु पनि बढेका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय पहुँच पुगेका जिल्लाहरुमा रहेका लुघवित्तहरुको चुक्तापूँजी वृद्धि गर्ने उल्लेख भएपछि लघुवित्त कम्पनीहरुमा समेत सर्किट ब्रेक नै लागेको छ । मौद्रिक नीतिले लघुवित्तहरुको कारोबारको दायरा बढाउन सहयोगी अन्य व्यवस्थाहरु पनि गरेको ले यसरी बढेको अनुमान गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार निर्धन उत्थान बैंक, नेरुडे लघुवित्तको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले वृद्धि भयो । साना किसानको ९.९८प्रतिशत, स्वावलम्ब बिकासको लघुवित्त बैंकको ९.९७ प्रतिशत, स्वरोजगारको ९.९ प्रतिशत कालिका माइक्रो फाइनान्सको ९.९३ प्रतिशत, आरएमडीसीको ९.९४ प्रतिशत, सहयोगी बिकास बैंकको ९.९१ प्रतिशतले मूल्य बढेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ