वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका संचालक र सिइओको कार्यकाल तोकेकोमा निजी क्षेत्रको विरोध

अर्थटुडे
२०७१ श्रावण ४, आईतवार

काठमाडौं । व्यवसायी र बैकर्सहरुले बैंकका संचालक र सीइओको अवधि तोकिनु दुखद भएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको मौद्रिक नीतिमा सञ्चालक र सिइओ दुइ कार्यकाल भन्दा बढी बैंक तथा वित्तिय संस्थामा बस्न नपाउने नीति सार्वजनिक गरेपछि उनीहरुले विरोध गरेका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै वैंकर्स र निजी क्षेत्रका व्यक्तिहरुले मौद्रिक नीति सन्तुलन अबस्थामा रहेको भए पनि बैंकिङ क्षेत्रलाई अनावश्यक कसीकसाउ गर्नु सकारात्मक नभएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ बैैकिङ्ग विभागका सभापति शंकर पाण्डेले राष्ट्र बैंकले सार्वजानिक गरेको मौद्रिक नीतिमा निजीक्षेत्रले सोचेका धेरै कुरा समेटिएको भए पनि बैंकको सीइओ र संचालक समितिको अबधि तोक्नु गलत भएको बताए ।

पहिले आउने गरेको मौद्रिक नीतिमा बैंकहरुलाई मात्र प्राथमिकतामा राख्ने गरेको अबस्थामा अहिलेको मौद्रिक नीतिमा निजी क्षेत्रहरुले सोचेका धेरै कुरा समाबेश भएको बताउँदै अहिलेको मौद्रिक नीतिले साना उद्योगहरुलाई पनि प्राथमिकतामा राख्नु सकारात्मक पक्ष रहेको बताए ।

हाइड्रो, टुरिजम, कृषिलाई मौद्रिक नीतिले प्राथमिकतामा राख्नु सकारात्मक पक्ष भएको उनको भनाई थियो । पाण्डेले बैकका सिइओ तथा सञ्चालकले २ कार्यकाल मात्र बैंकमा काम गर्न पाउने व्यवस्था राख्नु न्यायोचित नरहेको र यो व्यबहारिक पनि हुन नसक्ने बताए ।

कार्यक्रममा बोल्दै डेपलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बैंकको सीइओ र संचालकको अवधि तोकीनुले बैंकहरु सफल नहुने बताए । उनले खराव सिइओ वा संचालकलाई बैंक आफै वा राष्ट्र बैंकले कार्बाही गर्न सक्ने आधार हुँदा हुँदै पनि अवधि तोकिनु दुखद भएको बताए ।

अहिलेको मौद्रिक नीतिले बैकिङ क्षेत्रमा हुने गरेको तरलतालाई ध्यान दिएको भन्दै कृषि क्षेत्रमा मौद्रिक नीतिले निकै राम्रो बातावरण सृजना गरिदिएको उनको भनाई थियो । दुई कार्यकाल भन्दा बढी बैकको सिइओ पदमा बस्न नपाउने ब्यबस्था अनुचित नरहेको बताउँदै उनले यो नियमपछि बैंकमा सीइओ र संचालक सुरक्षित नभएको भन्दै बैंकमा लगानी गर्नेहरुलाई यसले निरुत्साहीत गरेको बताए ।

कार्यक्रममा बोल्दै अर्थविद डा. डिल्लीराज खनालले मौद्धिक नीतिले उत्पादनशिलक्षेत्रमा जोड दिएको र यो सकारात्मक पक्ष रहेको बताए । अहिलेको मौद्रिक नीतिले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैकले राम्रो भुमिका निर्वाह गरेको बताए । अर्थवीद खनालले पूर्व छलफलबाट मौद्रिक नीति आएको भए उपयूक्त हुने भन्दै मौद्रिक नीति ल्याउनु अघि प्रयाप्त छलफल नहुनु पनि दुखद भएको बताए । उनले मौद्रिक नीति कसीलो आएका कारण बैंकहरुलाई काम गर्न केही कठीन हुन सक्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ