वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल–भारत विद्युत व्यापार सम्झौतामा सरकार सकारात्मक, मोदीको भ्रमणमा हस्ताक्षर हुने

अर्थटुडे
२०७१ श्रावण ४, आईतवार

काठमाडौं । नेपाल–भारत विद्युत व्यापार सम्झौता (पीटीसीए) सम्बन्धी भारतद्धारा प्रस्तुत मस्यौदामा विभिन्न टिकाटिप्पणी भइरहेको वेला कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले उक्त प्रस्तावमा सरकार सकारात्मक रहेको प्रष्ट पारेका छन् । भारतद्धारा प्रस्तुत अनौपचारिक को अपरेशन अन पावर सेक्टर नामक प्रस्तावका वारेमा आफुहरुले दुई चार दिनदेखि छलफल गरेको उल्लेख गर्दै द्धिपक्षीय विद्युत आदान–प्रदानवारे सरकार सधैं सकारात्मक रहेको उनले बताए । यद्यपि उनले भारतीय पक्षबाट विद्युत उत्पादन गर्नेवारेको प्रस्तावमा भने नेपाल पक्षबाट गम्भिर छलफल गर्नुपर्ने आवश्यकत्ता औल्याएका छन् ।

bamdev
गौतमले भने–प्रधानमन्त्री नभएको वेलामा यो प्रस्ताव कार्यन्वयन गर्दा खेरि केही समस्याहरु आउन सक्छ, त्यसैले पछि आउने अप्ठ्याराहरुलाई पनि मध्येनजर राख्दै यसवारेमा हामी गम्भिर छलफल गरेरै सहमती जुटाउनेमा लाग्छौ । गौतमले यस्तो सम्झौता गर्दा राष्ट्रिय सहमती गरेर सवै राजनीतिक दलहरुसंग छलफल गरेर निश्कर्षमा पुग्दा खेरि अझै राम्रो हुने भन्दै प्रधानमन्त्री सुशिल कोइराला स्वदेश फर्किए लगत्तै यसवारे बृहत्त छलफल गरेर सकारात्मक निश्कर्षमा पुग्ने जानकारी दिए ।
कार्यवाहक प्रधानमन्त्री गौतमले आफूहरु नेपालमा भएको जलविद्युतको सम्भावनालाई प्रयोग गरेर उर्जाको विकास गर्न तयार रहेको गौतमले बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अगावै विद्युत व्यापार सम्झौता तयार गर्ने र मोदीकै उपस्थितिमा हस्ताक्षार गर्नेसमेत जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ