वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ महिनाभित्र काभ्रे जिल्लाको तरकारीलाई विषादीमुक्त बनाईने

अर्थटुडे
२०७१ श्रावण ६, मंगलवार

काभ्रे । तरकारीमा बढी विष हाल्ने जिल्ला भनेर बदनाम हुदै आएको काभ्रेमा उत्पादित तरकारीलाई विषादीमुक्त बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको छलफलमा यस्तो प्रतिवद्धता आएको हो ।
प्रजिअ न्यौपानेले सरकारले प्रतिवन्ध लगाएको विषादी बेच्ने व्यापारीलाई कारवाही गर्ने चेतावनी दिए ।

DSCN3850

छलफलमा कृषकहरुलाई कम विषादी प्रयोग गर्न सचेतना कार्यक्रम संचालन गर्ने, प्रतिवन्धीत औषधी विक्री गर्न नदिने लगायतका काम गर्ने र ६ महिनाभित्र विषादी प्रयोग घटाउने लक्ष्य राखिएको छ ।

असार पहिलो सातादेखि कालिमाटी तरकारी बजारमा राखिएको प्रयोगशालामा परिक्षण गर्दा काभ्रेको तरकारीमा अत्याधिक विषादी भेटिएको थियो । विषादी प्रयोग घटाउन नसके कृषक विस्थापित हुनुपर्ने खतरा रहेको न्यौपानेले बताए ।

जिल्लाबाट वार्षिक ४ अर्व बराबरको तरकारी राजधानी भित्रने गरेको छ । जिल्लामा ९ हजार ६ सय २ हेक्टरमा तरकारी खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका अधिकृत सहदेव प्रसाद हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ