काठमाडौं। नेपाल चार्टर्ड एकाउनटेन्ट्स संस्थाले नबिल बैंकलाई उत्कृष्ट लेखा प्रस्तुति सम्मान प्रदान गरेको छ । संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा सन् २०१२/१३ को लागी नविल बैंकलाई सो सम्मान प्रदान गरेको हो ।
सो कार्यक्रममा कार्यक्रममा अर्थमन्त्री डा.रामशरण महतले नबिल बैंकलाई सो सम्मान प्रदान गरेका हुन् । सन् २००८/९ देखि नबिल बैंकले लगातार पाँचौं पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।
नबिल बैंकको तर्फबाट बैंकका प्रमुख वित्त अधिकृत कृष्णदत्त भट्टराईले सम्मान ग्रहण गरेका छन्।
प्रतिक्रिया