वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिलिमेका प्रवन्ध संचालन घिसिङलाई हटाएको विरोधमा रसुवा बन्द

अर्थटुडे
२०७१ श्रावण ६, मंगलवार

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीका प्रवन्ध संचालक कुलमान घिसिङलाई हटाएको विरोधमा स्थानीयवासीले मंगलबार रसुवा जिल्ला बन्द गरेका छन् । चिलिमे, साङ्जेन, रसुवागढी, जलविद्युत् सरोकार समिति र समग्र रसुवावासीले गरेको बन्दका कारण जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीमा सवारीसाधन बन्द छन् ।

प्रवन्ध संचालक कुलमान घिसिङ

प्रवन्ध संचालक ,कुलमान घिसिङ

 
उनीहरुले प्रबन्ध सञ्चालक घिसिङलाई यथास्थानमा थमौती गर्नुपर्ने माग गर्दै आएका छन् ।

 
प्रबन्ध सञ्चालक घिसिङको थमौतीको माग गर्दै साउन २ गतेदेखि नै आयोजनाको कार्यालय बन्द गरेको बताइएको छ । बन्दका कारण ५७ दशमलव १ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ