वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा ‘करेक्सन’, मंगलबार ५.९ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७१ श्रावण ६, मंगलवार

काठमाडौं । सोमबार सवैभन्दा बढी कारोबारका साथ नयाँ रेकर्ड राखेको नेप्से परिसुचक मंगलबार भने ५.९ प्रतिशतले घटेर १०७७.६५ अंकमा झरेको छ ।
मंगलबार डेभलपमेन्ट बैंकहरुको र उत्पादनमूलक बाहेक अरु समूहको सव इन्डेक्स पनि ओरालो लागेको छ ।

stockसोमबार एक अर्व २० करोड भन्दा बढी शेयर किनवेच भएकोमा मंगलबार भने ७६ करोड ६१ लाख १७ हजार ७६३ रुपैयाँको १६ लाख ६१ हजार ५८६ कित्ता सेयर किनवेच भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार निलगिरि विकास बैंक,राष्ट्रिय विमा संस्थान,हामा मर्चेन्ट एण्ड फाइनान्स, नेरुडे लघुवित्त विकास बैंक र निर्धन उत्थान बैंकले सवैभन्दा बढी गुमाएका छन् ।

 

त्यसैगरी सवैभन्दा बढी कमाउनेमा इनोभेटिभ डेभलपमेन्ट बैंक,मातृभुमि विकास बैंक, नेपाल फाइनान्स लि.,लुम्विनी बैंक र कर्णाली विकास बैंक रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ