वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकको निक्षेप १४ अर्व ८७ करोड, भारतमा शाखा खोल्ने गृहकार्य भइरहेको बैंकको भनाई

अर्थटुडे
२०७१ श्रावण ७, बुधबार

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७०\७१ मा १७ अर्ब १५ करोड बरावरको निक्षेप संकलन गरेको छ । त्यसैगरी एक वर्षमा सो बैंकले १४ अर्ब ८७ करोड बरावरको कर्जा प्रवाह गरेको छ । बैंकले ग्राहक संख्या पनि बढाएको छ बैंकले देशभर १ लाख ३० हजार आफ्ना ग्राहक बनाएको छ ।Mega-Bank-4th-anniversary2

मेगा बैंकका अध्यक्ष प्रा. डा. मदन कुमार दाहालले चार बर्षको छोटो अबधिमा बैंकले उच्च छवी बनाउन सफल भएको भन्दै भारतका विभिन्न सनमा समेत मेगा बैंकको शाखा खोल्नका लागि अनुरोध आएको बताए । उने भने—‘प्रतिस्पर्धा र क्षमताको आधारमा देश बाहिर संयुक्त रुपमा मेगा बैंक खोल्ने हाम्रो दीर्घकालिन उद्देश्य हो । युरोप, अमेरिका, जापान जान नसकेपनि हिन्दुस्तानमा संयुक्त साझेदारीमा बैंक खोल्न चाहन्छौं,‘ अध्यक्ष प्रा.डा.दाहालले भने । उनका अनुसार ‘क्षेत्रीय कार्यालय पनि कमसेकम ४–५ ठाउँमा खोलेर अगाडि बढाउने हामीले सोच बनाएका छौं ।’

अध्यक्ष दाहालले केही पुराना एवं नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको जानकारी दिदै दाहालले आफ्नो अध्यक्षतामा मर्जर कमिटी गठन भएको जानकारी दिए ।
उनले भने हाम्रो मर्जर नीति पनि गतबर्ष पारित भएको छ, मर्जर र एक्विजेशन एउटा प्रक्रिया हो । हामी एक्विजेशनमा पनि जान तयार छौं । हाम्रो शर्त मन्जुर गरेर राम्रो आर्थिक अवस्था भएका वित्तीय संस्थासँग मर्ज गर्ने हाम्रो अवधारणा हो उनले भने ।

हामीले अघिल्लो आर्थिक बर्षलाई साना मझौला व्यवसाय (एसएमई) र लघुबित्त कार्यक्रममा केन्द्रित ग¥यौं, यो बर्षलाई एसएमई र कर्पोरेट बैकिङबीच खाडल पुर्न ‘मिड कर्पोरेट’ इकाइ खडा गर्न लागेका छौं,’ मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले भनीन् ।
उनले —‘यसले एसएमई र कर्पोरेट बैंकिङको बीचमा पर्ने ग्राहकवर्गलाई समेट्न सकिने आशा लिएका छौं ,भने यस आर्थिक बर्षमा ग्राहकको माग बमोजिम भिसा कार्ड ल्याउन लागेका छौ ।

देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटीएम सञ्जाल छ । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले ११ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।
सहयोग हस्तान्तरण

वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा गरिएको कार्यक्रममा बैंकले अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई ९९ हजार ९ सय ९९ रुपैंया नगद सहयोग प्रदान गरेको छ ।

Mega-Bank-4th-anniversaryकार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा.डा. मदन कुमार दाहाल र निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पवित्र समाज सेवा नेपालको भवन निमाणार्थ सहयोग रकम हस्तान्तरण गरे । काठमाडौंको धापासीमा सञ्चालित पवित्र समाज सेवामा ३२ जना असहाय बालबालिका, महिला तथा बृद्धाहरु आश्रित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ