काठमाडौ । नेपाल स्टक एक्सचेन्ज बुधबार झिनो अंकका साथ उकालो लागेको छ । मंगलबार घटेको नेप्से परिसुचक बुधबार ३.८६ अंकले बढी १०८१.५१ अंकमा पुगेको छ ।
जविद्युत र विमा समूहको नेप्से बाहेक अन्य समूहको नेप्से परिसुचक उकालो लागेको छ । बुधबार ७९ करोड ४० लाख रुपैयाँ बराबरको १६ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ । बुधबार १५३ कम्पनीले कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया