वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत व्यापार सम्झौता पूनरावलोकन गर्न भारत तयार छ :राजदुत रे

अर्थटुडे
२०७१ श्रावण ७, बुधबार

विदेशमन्त्रीको भ्रमण प्रधानमन्त्री मोदीको भ्रमणको पूर्व तयारी हो

काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी भएको बताएका छन ।tt

बुधवार आयोजना गरिएको एक साक्षात्कारमा उनले नेपालमा हुने दुई देशका विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन स्वराज नेपाल आउन लागेको जानकारी दिदै यसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास ब्यक्त गरे ।
सो साक्षात्कारमा राजदुत रेले विदेशमन्त्रीको भ्रमण प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारी हो ।

यसले छलफल र सम्झौताका एजेण्डाहरु तय गर्ने छ । नेपाल भारतवीचको सम्बन्धले अब नयाँ उचाई प्राप्त गर्छ । दुई देशको विचमा रहँदै आएको ग्याप हट्छ ।
उनले भारतीय प्रधानमन्त्री मोदीको प्राथमिकता छिमेकी मित्र राष्ट्रहरुको विशेषमा परेको उल्लेख गर्दै मोदी भुटान लगत्तै नेपाल आउन लाग्नुभएको हो । सोही अनुरुप उहाँले हामीलाई गृहकार्यको तयारी पनि गर्न निर्देशन दिनुभएको छ । रहेको भन्दै उहाँको भ्रमणले नेपाल भारत सम्बन्ध अझै प्रगाढ भएर जलविद्युत सहित सम्पूर्ण क्षेत्रमा बृहद साझेदारी सुरु हुने दावी गरे ।

राजदुत रेले समझदारीका साथ अघि बढे भ्रमण फलदायी भएर नेपाल र भारत दुबै देशले फाईदा लिन सक्ने तर्क गर्दै जलविद्युत निर्माणमा भारतले सम्झौता मात्र गर्छ निर्माण गर्दैन भन्ने नेपालीको धारणामा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे ।
उनले आफू नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको यात्रा जाँदा स्थानीयबाट विद्युत सम्बन्धी गुनासो सुन्नु परेको स्मरण गर्दै भारत सरकार आगामी दिनमा सवै खाले जलविद्युत आयोजनाहरुमा नेपाल सरकारसंग सम्झौता गरि सहकार्य गर्न तयार रहेको बताए । उनले पञ्चेश्वर र पश्चिम महाकाली जस्ता परियोजनाहरु पनि शुरु हुने बताए ।

जलविद्युत नेपालको विकासको मेरुदण्ड भएको भन्दै उनले दुबै देशमा स्थिर सरकार भएको बेला यस विषयमा सहमति गर्न उपयूक्त हुने तर्क गरे । उनले भने–अब राजनीतिक सहमति गरेर अघि बढ्नु पर्छ । आ–आफ्नो सार्वभौमतालाई ख्यालमा राखेर सम्झौता गर्नु पर्छ ।

राजदुत रेले निकट भविष्यमा नेपालमा महत्वपूर्ण सार्क र विमस्ेटक सम्मेलन हुन लागेको उल्लेख गर्दै यसबाट नेपालले फाईदा लिन सक्नु पर्ने धारणा राखे । उनले यस्ता सम्मेलनले क्षेत्रिय साझेदारीको विकास गर्ने बताए ।

उनले भारतद्धारा प्रस्तुत गरिएको विद्युत व्यापार सम्झौता प्रस्ताव अन्तिम मस्यौदा नभएको स्पष्ट पार्दै यसलाई दुबै देश बसेर विवादित विषय संसोधन गरेर टुङग्याउनु पर्नेमा जोड दिए । उनले नेपाल भारत सम्बन्ध युनिक रहेको प्रष्ट पार्दै यसलाई आपसी समन्वयमा अझै प्रगाढ बनाउनु पर्ने धाराणा राखे । उनले भने –यो प्रस्ताव हामी पूनरावलोकन गर्न तयार छौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नेपाल र भारतको सम्बन्धलाई उच्च तहमा पुर्याउने र एक अर्काको राजनीतिक दृष्टिकोणलाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसरको रुपमा ब्याख्या गर्दै यसबाट फाईदा लिन नेपाल र भारतले आ–आफ्नो स्वार्थ अनुसारको एजेण्डा तय गर्नु पर्नेमा जोड दिए ।

उनले आ–आफ्नो राष्ट्रियतालाई माथि राखेर कुरा गर्नु बेठिक नभएको भन्दै राष्ट्रिय सहमतिको आधारमा भारतसँग जलविद्युत सम्झौता गर्नुपर्ने सुझाव दिए ।
रावलले नेपालको विकासको आधार नै जलविद्युत भएकोले यसको विकासको लागि सम्झौता आवश्यक भएको भन्दै केही कमजोरी भए त्यसलाई हटाएर सम्झौता गर्नु पर्ने बताए । आपत्ति केही छैन, छलफल गरेर सहमतिमा सम्झौता गर्नु पर्छ । उनले भने –विद्युत शक्तीका उत्पादनलाई मध्येनजर गर्दै सरकारले कामकारवाही अगाडी बढाउनु पर्छ ।

एमाओवादीका विदेश मामिला जानकार राम कार्कीले राष्ट्रिय सहमतिका साथ अघि नबढे गजमज हुने भन्दै राजनीति र कुटनीतिक मेल नभए ठिक नहुने धारणा राखे ।

नेपालका प्राथमिकता भारतले नभई नेपाल आफैले तयार गर्नु पर्ने भन्दै भारतले पठाएको विद्युत सम्झौताको प्रस्तावमा नेपालले आफ्नो स्वार्थ खोज्नु पर्ने बताए । कार्कीले नयाँ संविधान जारी नभएसम्म ठूला जलविद्युत आयोजनाहरु बढाउँदा समस्या हुने बताउँदै संविधान जारी भए पछि नेपालको जलाधार विकासका लागि दुधकोशी, अरुण लगायतमा लगानी गर्नुपर्ने बताए ।

उनले भारतमा नयाँ सरकार बनेपछि परिस्थिति फेरिएको उल्लेख गर्दै नेपालले राष्ट्रिय सहमती बनाउनु पर्ने तर्क गरे । यद्धपि कार्कीले आफ्नो पार्टीले जलविधुतको विकासका बारेमा विरोध नगरेको उल्लेख गर्दै राष्ट्रिय सहमतीका साथ निर्णहरु लिनुपर्ने अडान राखेको स्पष्ट पारे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले दुई देशवीच रहेको समस्या टेवलमा बसेर समाधान गरेर मौकाको फाईदा नेपालले लिन सक्नु पर्ने भन्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरे ।

उनले भारतले जलविद्युत सम्झौताको मस्यौदामात्र पठाएकोले अहिले नै हो हल्ला गर्नु संकृण मानसिकता भएको भन्दै यसमा गंभिर छलफल गरेर फाईदा लिन सक्नु पर्ने बताए ।

राणाले जलविद्युत विकास नेपालको आर्थिक विकासको ढोका भएको भन्दै नेपालमा विद्युतको विकास गरेर बढी भएको विद्युत भारतमा बोच्नु पर्ने बताए ।
उनले उर्जाको विकासको लागि नेपालले अब ढिला नगरी स्पष्ट विचार निर्माण गर्नु पर्नेमा समेत जोड दिए ।
पूर्व पराष्ट्रमन्त्री भेषबहादुर थापाले नेपाल भारत सम्बन्धमा चुनौति भन्दा पनि अवसर बढी भएको भन्दै लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणबाट नेपालले फाईदा लिन सक्नु पर्ने जिकिर गरे ।

उनले कुटनीतिक तहबाट छलफल गरेर अघि बढ्नु पर्ने भन्दै यो भ्रमणबाट नेपालले बढी भन्दा बढी फाईदा लिन सक्ने सम्भावना ब्यक्त गरे । थापाले नेपालले अब दान दातब्य भन्दा पनि ब्यापार र लगानीमा साझेदारी गर्नु पर्ने भन्दै मगन्ते प्रथाको अन्त्य हुनु पर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ