वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आन्तरिक राजश्व विभागले २ खर्व ८६ अर्व राजश्व उठायो, लक्ष्य भन्दा १०२ % बढी

अर्थटुडे
२०७१ श्रावण ७, बुधबार

काठमाडौं । आर्थिक वर्ष २०७०/७१ मा आन्तरिक राजस्व विभागले २ खर्व ६८ करोड रुपैयाँ बढी राजस्व असुलेको छ । विभागले गत आर्थिक वर्षमा १ खर्व ४० अर्व ४४ करोड २८ लाख ९६ हजार असुली भएको छ । यो लक्ष्यको तुलनामा १०२ प्रतिशतले बढी हो । गत अर्थिक वर्षको असार मसान्त सम्ममा विभागको १ खर्व ३७ अर्व ७५ करोड ८२ लाख ३५ हजार रुपैयाँ असुली गर्ने लक्ष्य रहेको थियो ।

 

Samikshya -2आन्तरिक राजस्व विभागले आयकर ७७ अर्व ८० करोड ६३ लाख ८० हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ३४ अर्व ३७ करोड ५६ लाख ५५ हजार रुपैयाँ र अन्तःशुल्क २७ अर्व ३८ करोड ५६ लाख १० हजार रुपैयाँ असुली भएको छ । सो रकम निर्धारित लक्ष्यको तुलनामा आयकर तर्फ १०१ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०५ प्रतिशत र अन्तशुल्क तर्फ १०२ प्रतिशतले बढी हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ४३ करोड ४७ लाख ५५ हजार रुपैयाँ र ४४ करोड ४ लाख ९६ हजार रुपेयाँ असुली भएको छ । यसरी शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ११४ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ११६ प्रतिशतले बढी संकलन भएको छ ।

सो समिक्षामा उल्लेख गरिए अनुसार गत वर्षको तुलनामा आयकर तर्फको वृद्धिदर ११६ प्रतिशत मूल्यअभिवृद्धि कर तर्फको वृद्धिदर १२१ प्रतिशत, अन्तशुल्कतर्फ वृद्धिदर १२४ प्रतिशत, स्वास्थ्य सेवा कर तर्फको वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क तर्फको वृद्धिदर १३६ प्रतिशत रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले आर्थिक वर्ष २०७०÷७१ मा लक्ष्यभन्दा २ अर्व ६८ करोड बढी राजस्व असुली गर्न सफल भएकोमा सम्पूर्ण राजस्व प्रशासनका कर्मचारीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

काठमाडौं उपत्यका भित्रका ठूला करदाता कार्यालय लगायत आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूका प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा आ–आफ्ना कार्यालयहरूको राजस्व असुली तथा काम कारवाहीका अवसरमा आईपरेका समस्याहरूका वारेमा विभागलाई जानकारी गराइएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ