वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीओकेमा तीनवटा फाइनान्स गाभिने, करिव साढे ४ अर्व पुँजीको बैंक बन्ने

अर्थटुडे
२०७१ श्रावण ७, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक अफ काठमान्डू (बीओके)  सहित तीन वित्तीय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । केन्द्रिय बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।bank_of_Kathmandu

बीओकेसँग इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स  र नेपाल एक्सप्रेस फाइनान्स कम्पनी मर्ज हुन लागेका हुन् । मर्जरका लागि गत जेठको अन्तिम साता राष्ट्र बैंकमा निवेदन दिएका थिए ।
यसअघि बीओकेका अध्यक्ष सत्यनारायण मानन्धर, इन्टरनेसनलका अध्यक्ष अञ्जयबहादुर शाह, श्री इन्भेस्टमेन्टका अध्यक्ष रवीन्द्रराज पाण्डे र नेपाल एक्सप्रेस फाइनान्सका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार मर्जरपछि बैंक अफ काठमान्डुको नामबाट कारोबार सञ्चालन हुने सहमति भईसकेको छ । हाल बीओकेको चुक्ता पुँजी १ अर्ब ९२ करोड छ भने इन्टरनेसनल लिजिङको २ अर्ब ८८ लाख, श्री इन्भेस्टमेन्टको १७ करोड ६० लाख र नेपाल एक्सप्रेसको १९ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ