वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर नामसारी गर्न सहज हुने संकेत, १५ दिनभित्र नामसारी गरिसक्न नेप्सेको निर्देशन

अर्थटुडे
२०७१ श्रावण ७, बुधबार

काठमाडौं । सेयर खरिद बिक्री गर्दा नामसारी ढिला भएर झन्झट बेहोरिरहनुभएको छ भने अब तपाईलाई केही राहत हुनसक्छ । नेपाल स्टक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १५ दिनभित्र सेयरको नामसारी गरिसक्न सेयर रजिस्टार तथा सूचीकृत कम्पनीलाई निर्देशन दिएको छ । बुधबार निर्देशन जारी गर्दै समयमा स्वामित्व परिवर्तन नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

nepseबुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा स्वामित्व हस्तान्तरण नभएको भन्दै त्यसलाई नियमअनुसार गर्न नेप्सेलाई पत्राचार गरेपछि नेप्सेको उक्त निर्देशन आएको हो ।

 

सूचीकृत कम्पनी तथा मर्चेन्ट बैंकरले सेयर स्वामित्व परिवर्तन गर्न एक महिनाभन्दा बढी सयम लगाउने गरेको गुनासो लगानीकर्ता गर्दै आएका थिए ।
धितोपत्र ऐन २०६३ अनुसार सर्वसाधारणले स्वामित्व परिवर्तनका लागि निवेदन दिएको १५ दिनभित्र सो काम सक्नुपर्छ । कम्पनी ऐनको दफा ८८ र ८९ मा अनुमतीपत्र निलम्बन तथा खारेजसम्म व्यवस्था छ । समयमा नामसारी नगर्ने कम्पनीको अनुमतिपत्र निलम्बन तथा खारेज नै गर्न सक्नेछ ।

नेप्सेले हालसम्म समयमा नामसारी नगरेको भनी कुनै कम्पनीलाई कारवाही गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ