-
नागरिक दैनिकका गजमेरले जिते फोटो अफ दि इयर पुरस्कार
काठमाडौं । फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल –आइएमई नेपाल फोटो प्रतियोगिता २०७१ को उपाधि नागरिक दैनिकका विजय गजमेरले जितेका छन् । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए । पतिद्धारा जलाईएकी रिहाना शेख काठमाडौंमा ४० दिनको विशेष उपचारपछि फर्किदा गजमेरको फोटो यो वर्षको फोटो अफ द इयर घोषित भयो । दोहोरो उपाधि जितेका गजमेरले फोटो स्टोरीको प्रतिस्पर्धा पनि आफ्नै नाम लेखाए । रिहानाको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरु समावेश उनको स्टोरीले बाजी मारेको थियो । सैलेन्द्र खरेलले ‘डेली लाइफ’ विधामा प्रथम पुरस्कार हात पारे ।
कल्चर एण्ड टुरिजममा कान्तिपुरका निमेशजंग राईले बाजी मारे ।
‘ फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् ।
निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘
काठमाडौंमा बुधबारबाट प्रदर्शनी सुरु भइसकेको छ । नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शनी साउन १२ सम्म चल्नेछ ।
प्रतिक्रिया