काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने निर्णयपछि भएको विरोधका गतिविधिमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घिसिङले स्थानीय समुदायले गरेको विरोधमा आफ्नो संलग्नता रहेको कुरा निराधार रहेको समेत बताएका छन् । उनले भनेका छन् म कम्पनीमा रहेपनि नरहेपनि आयोजनाहरु समयमै सम्पन्न गर्न र गराउन पूर्ण सहयोग र समर्थन गर्दछु ।
उनले विज्ञप्ति मार्फत निर्माणाधिन आयोजनाहरुलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने तर्फ सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया