वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिकले ४० करोड निक्षेप संकलन गर्यो

अर्थटुडे
२०७१ श्रावण ९, शुक्रबार

काठमाडौं। सिभिक डेभपलमेन्ट बैंकले आर्थिक वर्ष २०७०\७१ सम्ममा ४० करोड ५२ लाख निक्षेप संकलन र ३२ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।civic

धादिङमा मुख्य कार्यालय रहेको सो बैंकले गत आथिक वर्षमा मात्र एक करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले चुक्तापूँजी बृद्धिका लागि साउनको अन्त्य सम्ममा हकप्रद सेयर जारी गर्ने जनाएको छ ।
बैंकले 4:1 अर्थात चार बराबर एकको अनुपातमा हकप्रद जारी गर्न लागेको हो। हाल चार करोड रहेको बैंकको चुक्तापूँजी हकप्रद निश्कासन पछि पाँच करोड रुपैयाँ पुग्नेछ। यही साउन २७ देखि ३० गतेसम्म हकप्रद सेयर खरिदका लागि बैंक आवेदन सेयर धनीले आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ